१३ मंसिर २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

भन्सार छलेर लुकाएको आठ सय किलो काजु बरामद



अ+ अ-

रौतहट । भन्सार छली घरमा लुकाइ राखेका आठ सय किलो काजु सशस्त्र प्रहरीले बरामद गरेका छन् ।

पर्साको वीरगञ्ज महानगरपालिका–१० बजरङग टोल बस्ने मगनी राउतले भारतीय बजार रक्सौलबाट भन्सार छली नेपाल भ्यिाएर घरमा लुकाएको सूचनाको आधारमा सशस्त्र प्रहरीले आज छापामारी गरी काजु बरामद गरेको हो ।

भन्सार अधिकृत दीपेन्द्र शर्मासहितको प्रहरी टोलीले बरामद गरेको करिब सात लाख २० हजार बराबरको काजुलाई आवश्यक कारबाहीको लागि आजै वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल १३ गणका सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।रासस