१९ बैशाख २०८२, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

कोहली र राहुलको शतकमा भारतले पाकिस्तानलाई दियो ३५७ रनको लक्ष्य



अ+ अ-

एजेन्सी । एसिया कप क्रिकेटको सुपर फोर अन्तर्गत भारतले पाकिस्तानलाई विशाल रनको लक्ष्य दिएको छ । कोलम्बोस्थित आर प्रेमदासा मैदानमा जारी खेलमा भारतले ५० ओभरमा २ विकेटको क्षतिमा ३५६ रन जोडेको हो ।

भारतका लागि विराट कोहली र केएल राहुलले शतकीय इनिङ्स खेले । कोहली ९४ बलमा १११ रनसहित अविजित रहे भने १०६ बल खेलेका राहुल १११ रनमा अविजित रहे ।

विराट कोहलीले आफ्नो एकदिवसीय क्रिकेटको ४७ औं शतक बनाए । उनी सबैभन्दा छिटो १३ हजार रन बनाउने क्रिकेटर समेत बनेका छन् । कोहलीले ८५ बलमा शतक बनाएका हुन् । उनले ६ चौका र २ छक्का प्रहार गरे ।

सचिन तेन्दुलकरको नाममा सो रेकर्ड थियो । सचिनले ३२१ इनिङ्समा १३ हजार रन पुरा गरेका थिए ।

यति मात्र होइन, कोहली एकदिवसीयमा १३ हजार रनको आँकडा छुने विश्वका पाँचौं ब्याट्सम्यान बनेका छन् । सचिनपछि यस्तो गर्ने उनी दोस्रो भारतीय ब्याट्सम्यान हुनेछन् । सचिनले ४६३ खेलमा १८ हजार ४२६ रन जोडेका छन् ।

त्यसअघि आइतबार भएको खेलमा रोहित शर्माले ५६ र शुभमन गिलले ५८ रन जोडेका थिए । आइतबार वर्षाका कारण खेल हुन नसकेपछि आज रिजर्भ डेमा खेल भएको हो ।