१९ बैशाख २०८२, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

एसिया कपः श्रीलंकासँग बंगलादेश २१ रनले पराजित



अ+ अ-

एजेन्सी । एसिया कप–२०२३ को सुपर–४ चरणको पहिलो खेलमा साविक विजेता श्रीलंका विजयी भएको छ । शनिबार श्रीलंकाले बंगलादेशलाई २१ रनले पराजित गरेको हो ।

सुपर–४ मा बंगलादेशको यो दोस्रो हार हो । पहिलो खेलमा बंगलादेश पाकिस्तानसँग पराजित भएको थियो ।

कोलम्बोको आर प्रेमदासा रंगशालामा टस जितेर बंगलादेशले पहिले बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २५७ रन बनाएको थियो । जवाफमा बंगलादेशको टोली ४८.१ ओभरमा २३६ रनमा अलआउट भयो ।

योसँगै सुपर ४ मा लगातार दुई खेलमा पराजित भएको बंगलादेशको अब फाइनल पुग्ने सम्भावना लगभग सकिएको छ ।

पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको बंगलादेश दोस्रो खेलमा श्रीलंकासँग २१ रनले स्तब्ध भयो । अब सुपर फोरको अन्तिम खेलमा उसले भारतसँग खेल्ने छ ।

भारतसँग जित निकाल्दा पनि बंगलादेशको फाइनल खेल्ने सम्भावना बाँकी हुने छैन । सुपर फोरमा भारतले एक खेल पनि खेलेको छैन भने पाकिस्तान र श्रीलंकाले एक–एक खेल खेल्दै २–२ अंक जोडेका छन् ।

श्रीलंकाले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ९ विकेट गुमाएर २५७ रन बनायो । श्रीलंकाका सदिरा समरबिक्रमाले ९३ रनको उत्कृष्ट पारि खेले । यसैगरी कुशल मेन्डिस ५० रन बनाएर आउट हुँदा पथुम निसनकाले ४० रन जोडे ।

कप्तान डासुन सनकाले २४ तथा दिमुथ करुणारत्नेले १८ रनको पारि खेले । बंगलादेशका तक्सिन अहमद र हसन महमुदले तीन तीन विकेट लिए । सइफुल इस्लामले २ विकेट लिए ।

२५८ रनको जवाफी लक्ष्यसहित मैदान उत्रिएको बंगलादेश ४८.१ ओभरमा २३६ रनमा अलआउट भयो । बंगलादेशलाई रोक्ने क्रममा महेश तिक्षणा र महिषा पथिरानाले तीन तीन विकेट लिए । बंगलादेशका तोहिड ह्रिदोले सर्वाधिक ८२ रनको पारि खेल्दा मुस्फिकुर रहिमले २९ रन जोडेका थिए । यसैगरी मेहदी हसनले २८ तथा मोहमद नइमले २१ रन जोडेपनि टोलीलाई जिताउन सकेनन् ।