
काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलि वडाध्यक्ष मुकुन्द रिजालको निधनमा शोक बिदा दिएको छ । वडा नम्बार १६ का वडाध्यक्ष मुकुन्द निधनमा कामपाले भोलि शुक्रबार महानगर र अन्तर कार्यालयहरुमा शोक बिदा दिएको हो ।
भोलि महानगरपालिका र अन्तर्गतका कार्यालयहरुमा शोक बिदा दिने निर्णय भएको प्रशासन विभाग विभागीय प्रमुख दीपक अधिकारीले बताए ।
रिजालको आज बिहान काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको थियो ।