
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ ।
मंगलबार दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो ।
भेटमा संसदमा छलफल क्रममा रहेका विधेयकलगायत विषयमा कुराकानी भएको बताईएको छ ।
झन्डै एक घन्टाको छलफलमा प्रधानमन्त्रीको विदेश भ्रमणहरुको सेरोफेरोमा कुरा भएको हुन सक्ने बुझिएको छ । प्रधानमन्त्री प्रचण्ड दुई सातापछि संयुक्त राष्ट्रसंघ र चीन भ्रमणमा जाने कार्यक्रम छ ।