२० चैत्र २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

शान्ति प्रक्रिया टुंगोमा नपुग्दा नेपाल द्वन्द्व पीडित देशमा वर्गीकृत भएको छ: कल्याण श्रेष्ठ



अ+ अ-

काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले शान्ति प्रक्रिया टुंगोमा नपुग्दा नेपाल द्वन्द्व पीडित देशमा वर्गीकृत हुनुपरेको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन अब कुनैपनि बहानामा ढिलाइ गर्न नहुने बताउनु भयो । उहाँले विश्वमान चित्रमा नेपाललाई द्वन्द्व पीडित देशबाट शान्त्मिय देशमा बदल्नुपर्ने बताउनु भयो । उहाँले पीडितलाई न्यायको प्रतिक्षा गराउनु नहुने बताउनु भयो । उहाँले शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउन राष्ट्रिय प्रयास आवश्यक रहेको बताउनु भयो । जतिसुकै जनआन्दोलन भएपनि अन्याय दबाएर दिगो विकास र शान्ति स्थापना हुन नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो देश हाम्रो शान्तिमय देशको रुपमा संसारको मानचित्रमा बसेको देश हो । केही समय हामी द्वन्द्व पीडित देशमा वर्गीकृत छौँ । विश्वमानचित्रमा द्वन्द्वपीडित राष्ट्रमा हामी चित्रित छौँ । यो शान्ति प्रक्रिया टुंगोमा नपुगेका कारणले यो चित्र हाम्रो निरन्तर छ । यो निरन्तर भएको चित्रलाई बदल्नुपर्छ । ग्लोवल म्यापबाट हामीले द्वन्द्वपीडित राष्ट्र होइन, शान्तिमय देशको रुपमा बदल्नुपर्छ । यो जस सम्माननीय प्रधानमन्त्रीको कार्याकालमा होस् । पीडितलाई न्यायको प्रतिक्षा अब ढिलाइ हुन दिनु हुँदैन । यो समाधान गर्न सकिने विषय हो । राष्ट्रिय प्रयासबाट हुनसक्छ । हामीमा उर्जा, शासह, लगन र उदारतामा जरुरी छ । राजनीतिक पाटोबाट उपलब्धि हासिल त भए, राजनीतिक वर्गले केही उपलब्धि त लिए, तर जतिसुकै जनआन्दोलन भएपनि त्यो जनआन्दोलन वा क्रान्तिमा भएका अपचारहरु, अन्यायहरु सहिदेउ भनेर पीडितलाई भन्ने अधिकार कसैलाई छैन । अन्याय सहन हुँदैन, सहन भन्नु हुँदैन । त्यो तर्जुमा गर्नसक्ने भनेको न्यायबाट हो ।’

पूर्वप्रधानन्यायधीश श्रेष्ठले दिगो शान्ति ल्याउन न्यायिक आधारमा सुदृढ गर्नुपर्ने बताउनु भयो । उहाँले न्यायलाई इन्कार गरेर दिगो शान्ति हुन नसक्ने बताउनु भयो । उहाँले अब कुनैपनि बहानामा न्याय ढिलाई गर्न नहुने बताउनु भयो ।

तस्बिरः प्रदीपराज वन्त-रासस