२१ फाल्गुन २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट



अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २९ दशलमव ८१ अङ्कले ओरालो लागेर एक हजार नौ सय ६० दशमलव ७८ मा सीमित भएको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव शून्य नौ अङ्कले ओरालो लागेर तीन सय ७६ दशमलव ६२ मा सीमित भएको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा आज गिरावट देखिएको छ ।

विभिन्न कम्पनीका कूल ४० लाख ५३ हजार तीन सय ६८ कित्ता शेयर रु एक अर्ब १८ करोड ६६ लाख १८ हजार चार सय १० मूल्यमा खरिद बिक्री भए । कारोबारका आधारमा सोल्टी होटल शीर्ष स्थानमा छ । सो कम्पनीको रु तीन करोड ८८ लाख ८८ हजार एक सय छ मूल्य बराबरको शेयर कारोबार भयो । यस्तै आइएमइ लाइफ इन्स्योरेन्स रु तीन करोड ७६ लाख ४१ हजार नौ सय ४६, सिटी होटल रु तीन करोड ७४ लाख दुई हजार सात सय ८०, माछापुच्छ्रे बैंक रु तनि करोड ४९ लाख ६६ हजार तीन सय दुई र एभरेष्ट बैंक रु तीन करोड २३ लाख ४३ हजार सात सय ५४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार थ्री स्टार हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै सिक्लेस हाइड्रोपावर पाँच दशमलव ५६, प्राइम बैंकको ऋणपत्र चार दशमलव शून्य तीन, बुद्धभूमि नेपाल हाइड्रोपावर एक दशमलव ९६ र सिटिजन म्युचुअल फण्ड दोस्रोको शेयर मूल्य एक दशमलव ९१ प्रतिशतले बढेको छ ।

यस्तै लिवर्टी इनर्जी रसिटी होटलको शेयर मूल्य १० प्रतिशतले ओरालो लाग्दा नकारात्मक सर्किट लागेको छ । ग्रीन भेञ्चर्स आठ दशमलव ७९, कुथेली बुखरी स्मल हाइड्रोपावर आठ दशमलव ३९ र सामलिङ पावर कम्पनीको शेयर मूल्य सात दशमलव २२ प्रतिशतले घटेको छ । रासस