१८ बैशाख २०८२, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

माओवादी केन्द्रले शनिवार ६ हजार ७४३ वडामा एकसाथ विशेष अभियानको उद्घाटन गर्ने



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रले शनिवार ६ हजार ७४३ वडामा जुममार्फत एकसाथ विशेष अभियानको उद्घाटन गर्ने भएको छ ।

शुक्रबार पार्टी कार्यालय पेरिसडाँडा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियानको उद्घाटन ७५३ पालिकाको सबै वडामा एकसाथ  गर्ने जनाएका हुन् ।

प्रवक्ता सापकोटाले अभियानको उद्घाटन पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहान ९ बजे केन्द्रीय कार्यालयबाट गर्ने जानकारी दिए । उनले भने, प्रधानमन्त्रीज्यूले पार्टी कार्यालय पेरिस डाँडाबाट जुम प्रविधिमार्फत ६ हजार ७४३ वडामा एकसाथ उद्घाटन गर्नुहुन्छ । त्यसपछि दिउँसो १ बजे चन्द्रागिरि–२ घट्टे डाँडामा हुने कार्यक्रममा जानुहुन्छ ।’