
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले चीनको भ्रमण नगर्ने बताउनुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले चीनले हालै जारी गरेको नक्सामा नेपालाको लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा सार्वजनिक नगरेको भन्दै चीन नजाने निर्णय गर्नुभएको हो ।
केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको उल्लेख गर्दै उहाँले भन्नुभएको छ, “नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौँ ।”
उहाँले भन्नुभएको छ, “त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुँदै गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।”
https://www.facebook.com/balenOfficial/posts/pfbid02PAca56qYGmwrAjFyFinG7LpVjUeg3upjs6NxYTbbSdeX1DBiDHozCPjfF4z29Nohl