
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बिहीबार र शुक्रबार काठमाडौँका विभिन्न क्षेत्रमा सवारी आवागमन निषेध गरेको छ ।
बिहीबार गाईजात्रा र शुक्रबार गुँलागा दुतिया पर्वको अवसरमा काठमाडौँका विभिन्न सडकमा सवारी साधन सञ्चालनमा रोक लगाइएको महानगरले जनाएको छ ।
महानगरले असन–केलटोल–इन्द्रचोक, मखन–जैशिदेवल, ज्याबहाल–लगन चोक–हनुमानढोका दरबार परिसर–गोफल–ब्रम्हटोल–गोफल ब्रम्हटोल–मरू टोललगायत सडक मार्गमा सवारी साधन प्रवेश गराउन रोक लगाएको छ ।