
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सद्भावमा खलबल पार्ने र एकअर्काको धर्मविरुद्ध हुने द्वैषपूर्ण कार्यलाई सरकारले छुट नदिने बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसद ईश्वरी देवी न्यौपानेले सोधेको प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले कानूनले हरेक व्यक्तिलाई अरुको धर्म र संस्कृतिलाई चोट नपुग्नेगरी आआफ्ना धर्म र संस्कृतिको पालना गर्ने अधिकार प्रदान गरेको बताउनुभयो । परापुर्वकालदेखि चलिआएको सामाजिक एकतालाई खलल पुग्नेखालको कुनैपनि किसिमका कार्य हुन नदिन सरकार दृढ रहेको उहाँको भनाई छ ।
उहाँले संविधानको पालना गर्ने सबैको कर्तव्य भएकोलेको यस्को पालना गर्न अनुरोध गर्नुभयो ।