८ मंसिर २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

भदौ २६ देखि ३१ गतेसम्म काठमाडौंको भुकुटीमण्डपमा ‘नाडा अटो सो २०२३’ हुँदै



अ+ अ-

काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले भदौ २६ देखि ३१ गतेसम्म ‘नाडा अटो सो २०२३’ आयोजना गर्ने भएको छ ।

सोमवार नाडाले पत्रकार सम्मेलन गर्दै काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा भदौ २६ देखि ३१ गतेसम्म ‘नाडा अटो सो २०२३’ आयोजना गर्ने जानकारी दिएको हो ।

अटो प्रदर्शनीमा सवारी साधन, पार्ट पुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघसंस्थाको प्रदर्शनी हुने भएको छ । प्रदर्शनीको १५ औं संस्करणको टाटा मोटर्स जेनुइन आयलले गर्ने भएको छ । प्रदर्शनीमा विभिन्न अटोमोबाइल कम्पनीहरुको उत्साहजनक सहभागिताले केही हदसम्म अर्थतन्त्र चलायमान बनाउने नाडाको अपेक्षा रहेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै नाडाका अध्यक्ष धु्रव थापाले दुई वर्षको कोरोना महामारी र आयात प्रतिवन्धको कारण हुन नसकेको नाडा अटो सो यो वर्ष गर्न गइरहेको बताउनु भयो। उहाँले अहिले मुलुकको आर्थिक अवस्थाले नाडा अटो सो गर्ने अनकुल समय नभएको बताउनु भयो । उहाँले आर्थिक अवस्था नाजुक भएकाले सवारी साधनहरु बेच्नसक्ने अवस्था नभए पनि व्यवसायिक गतिविधि बढाउनको लागि अटो सो गर्न लागिएको बताउनु भयो।

उहाँले लामो समयदेखि नाडा अटो सो मात्रै नभएर अन्य सोहरुलाई पनि असर परिरहेको बताउनु भयो । अध्यक्ष थापाले देशको वर्तमान आर्थिक परिस्थिति र राष्ट्र बैंकले लगाएका विभिन्न प्रतिवन्धका कारण अटो मोबाइल्स व्यवसायी अहिलेको अवस्थामा पुगेको बताउनु भयो । उहाँले करिव डेढ वर्ष यता भन्सारमा हजारौं गाडीहरु थन्किएर बसेको बताउनु भयो । उहाँले नेपालीहरुको महानपर्व दशैँ तिहार अगाडि करिव ४० प्रतिशत र ६० प्रतिशत सवारी बिक्री १० महिनामा हुने तथ्याङ्कलाई मध्यनजर गरेर यो वर्ष नाडाले अटो सो गर्न गइरहेको बताउनु भयो।

उहाँले अटो सोमा बुकिङ कम हुने शंका भएपनि व्यवस्थापन गर्न नसकने गरी बुकिङ भएको बताउनु भयो। उहाँले काठमाडौं उपत्यकामा व्यवस्थित प्रदर्शनी स्थल नभएको बताउनु भयो। उहाँले काठमाडौं उपत्यकामा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल जरुरी भएको भन्दै भृकुटीमण्डपमा नेपाली तथा आयातित वस्तुहरु प्रदर्शनी गर्न लायक नभएको बताउनु भयो।

नाडाले आर्थिक सुस्तताले अटोमोबाइल व्यवसायीमा नकारात्मक प्रभाव पार्नुका साथै सवारी साधन खरिद कर्ताको वित्तीय योजनामा समेत असर गरेको बताएको छ । यस अवस्थामा नाडा अटो सोले बजार चलायमान बनाउन मद्दत पुग्ने आयोजकको ठहर छ । नेपाली चाडपर्वको पूर्वसन्ध्यामा आयोजना हुन गइरहेको प्रदर्शनीले अटो व्यवसायी, ग्राहक, गाडीप्रेमी र अटोमोबाइलसँग प्रत्यक्ष–अप्रत्यक्ष रुपमा संलग्न सबैलाई उत्साहपूर्वक सहभागी गराउने नाडाले विश्वास लिएको छ । प्रदर्शनीमा ठूला तथा साना गरी करिव १२० स्टल र ब्लक रहनेछन् ।

प्रदर्शनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवाप्रदायकको सहभागिता रहनेछ । प्रदर्शनीमा १६ वटा ब्राण्डका चार पाङ्ग्रे, २२ वटा ब्राण्डका दुई पाङग्रे, ७ वटा ब्राण्डका लाइट कमर्सियल भेहिकल, ९ वटा वित्तीय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याटरी, पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनीको सहभागिता रहने छ । एक्स्पोलाई व्यवस्थित बनाउन, प्रदर्शनी स्थलमा भीडभाड कम गर्न एवं आगन्तुकको भ्रमणलाई सहज बनाउन सोमवारदेखि नै खल्ती एपमार्फत अनलाइन टिकट खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ ।

भदौ २५ सम्मको अग्रिम अनलाइन टिकट खरिदमा खल्तीले २० प्रतिशत क्यास ब्याक अफर दिएको छ । ६ दिन चल्ने नाडा अटो सोको लगभग ७५ हजार आगन्तुकले अवलोकन गर्ने विश्वास आयोजकको छ ।