२० माघ २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

पार्टीका तीन जना सदस्य भएका सबै संसदीय समितिमा रास्वपाले उम्मेदवारी दिने



अ+ अ-

काठमाडौँ । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले आफ्नो क्षमताले भ्याउने सबै विषयगत समितिमा सभापतिमा उम्मेदवारी दिने भएको छ ।

समिति सभापतिमा उम्मेदवारी दिनका लागि उम्मेदवारसहित प्रश्तावक र समर्थक गरी तीन जना अनिवार्य चाहिने भएकाले आफ्नो क्षमताले भ्याउने समितिहरु सबैमा समिति सभापतिका लागि उम्मेदवारी दिने निर्णय गरेको हो । शुक्रवार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक सन्तोष परियारले ११ गते हुने संसदीय समितिको सभापतिका लागि क्षमताले पुग्ने समितिमा नेतृत्वका लागि उम्मेदवारी दिने र क्षमता नपुग्ने समितिका लागि आन्तरिक छलफल गर्ने बताउनु भयो ।

उहाँले बैठकमा पार्टीका सभापति रवि लामिछानेले लम्पी स्किनसम्बन्धी सार्वजनिक महत्वको विषय भदौ १७ गतेपछि बस्ने संसदको बैठकमा छलफल गर्ने निर्णय गरेको बताउनु भयो । उहाँले पार्टीका उपनेता विराजभक्त श्रेष्ठले डेंगु रोग सम्बन्धी संकल्प प्रश्ताव दर्ता गर्नुभएको र त्यसलाई पनि संसदमा छलफल गर्ने निर्णय भएको बताउनु भयो । उहाँले निर्वाचन क्षेत्र विकास कार्यक्रममा विनियोजन विधेयकमा सरकारले छुट्याएको बजेटबारे सर्वोच्च अदालतबाट आएको आदेशको स्वागत गर्ने निर्णय गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘११ गते हुने संसदीय विषयगत समितिका सभापतिहरुको निर्वाचन, हामीले यो अधिवेशनमा प्रश्ताव गरेका संकल्प र सार्वजनिक महत्वका विषयहरु र आगामी संसदमा राष्ट्रिय स्वतन्त्र पार्टीले खेल्नुपर्ने भुमिका विषय थियो । सभापतिको विषयमा पार्टीले जहाँ आफ्नो क्षमताले भ्याउँछ, त्यहाँ हामीले उम्मेदवारी दिने, अन्य समितिमा एक खालको आन्तरिक छलफल गर्ने । संसदमा दर्ता गरेका सार्वजनिक महत्वका केही विषयहरु सरकारका कामकारबाही र संसदले केही काम गरिसकेकाले वहस छलफल गर्नु नपर्ने भएको छ । संसदमा प्रश्तुत गर्न नपर्ने भएको छ । केही गर्नुपर्नेछ ।

पार्टीका सभापति रवि लामिछानेले लम्पी स्किनसम्बन्धी सार्वजनिक महत्वका विषय जो राख्नुभएको छ, त्यो संसदमा छलफलमा अघि बढाउने, १७ गतेपछिको संसदमा छलफल गर्नेछौँ । पार्टीका उपनेता विराजभक्त श्रेष्ठले संकल्प प्रश्ताव दर्ता गर्नुभएको थियो, डेंगु रोग सम्बन्धी त्यो पनि राजनीतिक पार्टीसँगको अनौपचारिक छलफलमा संसदमा अब प्रक्रियामा लैजाने भन्ने छ । निर्वाचन क्षेत्र विकास कार्यक्रममा विनियोजन विधेयकमा सरकारले जुन बजेट छुट्याएको थियो, त्यसमा छलफल गर्ने भन्ने थियो, त्यसमा सर्वोच्च अदालतले रोकेको छ, त्यसको स्वागत गरेका छाँै । गएको संसद अवरुद्धका विषयमा हामीले जिम्मेवारी भुमिका खेलेका थियौँ । आज संसदको अवरुद्ध खुलेको छ ।’

प्रमुख सचेतक परियारले संसद अवरुद्ध खुलाउन पार्टीले महत्वपूर्ण भुमिका खेलेकाले अहिले संसद सुचारु भएको दाबी गर्नुभयो ।