
काठमाडौँ । अध्यागमन विभागका महानिर्देशक झलकमान अधिकारीलाई गृहमन्त्रालयले छानबिनका लागि मन्त्रालयको जगेडामा तानेको छ ।
सुन तस्करीमा जोडिएका दावासँगको सम्बन्धको विषय बाहिर आएपछि अधिकारीलाई मन्त्रालयको अतिरिक्त समूहमा ल्याइएको मन्त्रालयले जनाएको छ ।
दावासँगको सम्बन्ध र सुन तस्करीमा उहाँको संलग्नताबारे अब उहाँमाथि जगेडामा राखेर छानविन हुने बताइएको छ ।