१७ बैशाख २०८२, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

मनमोहनलाई सम्झिँदै योगेशले भने – एमालेलाई संसद् सँधै प्रिय छ



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का सांसद योगेश भट्टराईले एमालेका कारण संसद् चल्न नसकेको भन्दै बाहिर हल्ला फैलाइएको भन्दै आपत्ति जनाएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भट्टराईले एमाले संधै संसद्को पक्षमा रहेको बताउँदै एमालेलाई संसद् सँधै प्रिय रहेको बताए ।

‘यो संसद् सत्तापक्षलाई चाहिन्छ या चाहिँदैन थाहा छैन तर एमालेका निम्ति चाहिन्छ । २०१५ सालको आमनिर्वाचनमा कांग्रेसको दुई तिहाई बहुमत थियो । कम्युनिस्टको चार सिट थियो । तत्कालीन राजा महेन्द्रले संसद् विघटन गरे । चार सिट भएको कम्युनिस्ट पार्टीले संसद् पुनःस्र्थापनाको माग राख्यो । त्यसको मतलब हामीलाई संसद् कति प्रिय छ भन्ने कुरा म स्मरण गराउन चाहन्छु ।’ उनले भने ‘वयोवृद्ध प्रधानमन्त्री मनमोहन अधिकारी हवाई दुर्घटनामा घाइते हुनुभयो । उहाँमाथि अविश्वासको प्रस्ताव थियो । हाम्रो अनुरोध थियो । एकहप्ता पर्खिनुस् भनेका थियौं तर एक सेकेन्ड पनि समय दिइएन । शिक्षण अस्पतालबाट संसद्लाई सम्बोधन गरेको दुनियाँमै पहिलो रेकर्ड होला । उहाँले संसद्लाई सम्बोधन गरेर राजीनामा पेश गर्नुभो । हामीलाई संसद् त्यती प्रिय छ ।’