१९ बैशाख २०८२, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

उच्चस्तरीय छानबिन समिति बनाउने मागबाट एमाले पछि हट्दैन: महेश बर्तौला



फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचेतक महेश बर्तौलाले सुन तस्करी प्रकरणको निष्पक्ष अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समितिको मागबाट एमाले पछि नहट्ने बताउनुभएको छ ।

मंगलवार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले चाहेको भए आज नै संसद अवरोध खुल्न सक्ने भएपनि प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यव्यस्तताका कारण संसद खुल्न नसकेको बताउनु भयो । उहाँले सरकार उच्चस्तरीय छानबिन समिति बनाउनका लागि बनिरहेको माहोल बिगार्न लागेको आरोप लगाउनु भयो । सरकारले तस्करहरुको संरक्षण गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘एमाले संसद सुचारु हुनुपर्छ भन्ने पक्षमा नै छ तर प्रमुख प्रतिपक्षले उठाएको माग उपयुक्त छैन भनेर सरकार अटेर गरेर बसेको छ । हामीले यो माग उठाइरह्यौँ । हिजो बैठकमा एक प्रकारको उच्चस्तरीय छानबिन समिति बनाउन तयार छौँ भनेर भनेको छ । आज तीन जनाको टिम बनाइएको थियो, त्यसपछि बैठक बोलाइएको थियो, हाम्रो अध्यक्ष ज्युको स्वास्थ्य समस्या पनि भयो, आज त्यो बैठकमा सहभागी हुने स्थिति भएन तर सरकारले चाहेको हुन्थ्यो भने नेकपा एमालेका अन्य नेताहरु सिंहदरबारमै हुनुहुन्थ्यो, सरकार पक्ष आजै तयार भएको हो भने राम्रो हुन्थ्यो ।’

‘सरकार परिस्थिति बिगार्न लाग्दैछ । उच्चस्तरीय छानबिन समिति बनाउनका लागि एमालेका अध्यक्ष बाहेकका अरु नेता पनि थिए । उच्चस्तरीय छानबिन समिति निर्माण नभइकन यो मागबाट नेकपा एमाले पछि हट्दैन । तस्करको संरक्षण गर्ने सरकारको जे कार्यशैली छ, यसको बिरोध कायम राखिरहन्छौँ । यसमा सरकार पूरा गर्ने प्रतिवद्धताका साथ ओर्लिएको छ ।’

सचेतक बर्तौलाले सरकारले गलत बाटोतर्फ राष्ट्रपतिलाई परिचालित गर्दै गइरहेको आरोपसमेत लगाउनु भयो ।