
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।
ओली निवास बालकोटमा भएको भेटमा उहाँहरुबीच समसामयिक विषयका साथै नेपाल–अमेरिका सम्बन्धका बहुआयामिक विषयमा विचार विमर्श भएको बताइएको छ ।
