
काठमाडौँ । लामो समयपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता भीम रावल एउटै सार्वजनिक कार्यक्रममा देखिएका छन् ।
राजधानीको प्रज्ञा भवनमा आयोजित देउडा सांस्कृतिक उत्सवमा ओली र रावल करिब २० महिनापछि एउटै समारोहमा देखिएका हुन् ।
०७८ मा चितवनमा भएको एमालेको १० औं महाधिवेशनमा अध्यक्षमा ओलीसँग रावलले प्रतिस्पर्धा गरेपछि उनीहरुबीच दूरी बढेको थियो । ओलीले गत मंसिरमा भएको निर्वाचनमा रावललाई टिकट समेत दिएका थिएनन् ।
आफूले टिकट नपाएपछि रावल ओलीसँग असन्तुष्ट भएका थिए । ओली र रावलबीच गत मंगलबार पार्टी मुख्यालय च्यासलमा भेट भएको थियो ।