३ बैशाख २०८२, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

उपप्रधानमन्त्री खड्का र प्रमुख निर्वाचन आयुक्त थपलियाबीच भेट



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाबीच भेटघाट भएको छ ।

भेटमा निर्वाचनसम्बन्धी आवश्यक कानुनबारे छलफल भएको उपप्रधानमन्त्री खड्काको सचिवालयले जनाएको छ । उहाँहरुबीच प्रदेश र स्थानीय तहमा रिक्त भएका स्थानमा उपनिर्वाचन गर्ने विषयमा पनि छलफल भएको थियो ।

हाल प्रदेशसभातर्फ सुदुरपश्चिम प्रदेशको बझाङ प्रतिनिधिसभा क्षेत्र नम्बर १ प्रदेशसभा ‘क’ रिक्त छ भने यस्तै विभिन्न स्थानीय तहमा १८ पद रिक्त छन् । हाल कैलाली जिल्ला समन्वय समिति प्रमुखको स्थान रिक्त छ भने दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष। दोखला गौरिशङ्क गाउँपालिकाको उपाध्यक्ष र विभिन्न स्थानका १५ जना वडा अध्यक्षको पद रिक्त छ । रासस