
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसंग भेट गर्नुभएको छ ।
भेटमा सभापति लामिछानेले अबिलम्ब सदन सूचारू गरी जन सरोकारका मुद्दाहरूमा बहस तथा नीति निर्माणका माध्यमबाट सम्बोधन गर्ने कार्यलाई अगाडि बढाउने कार्यमा सहजीकरणका लागि अनुरोध गर्नुभएको छ ।
भेटमा सभापति लामिछानेले समसामयिक राजनीतिक विषयहरूमा विशेष ध्यानाकर्षण समेत गराउनुभएको रास्वपा ले जनाएको छ ।