१७ बैशाख २०८२, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नेपाल विद्युत प्राधिकरणको वार्षिक नाफा १२ अर्ब ३३ करोड (पूर्णपाठ)



अ+ अ-

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको वार्षिक प्रतिवेदन सार्वजनिक गरेका छन् ।

३८औं वार्षिकोत्सको अवसर पारेर घिसिङले प्राधिकरणको वार्षिक प्रतिवेदन सार्वजनिक गरेका हुन् । जसमा विद्युत उत्पादनमा वृद्धि, प्रसारण तथा वितरण लाइन विस्तार, विद्युत खपतमा वृद्धि, स्वदेशमा खपत हुन नसकेको विद्युत निर्यात गर्न सफल भएको बारेका उल्लेख गरिएको छ ।

घिसिङले प्राधिकरणले ७ वर्षदेखि नाफा कमाउँदै आएको उल्लेख गर्दै गत आर्थिक वर्षसम्म आउँदा वार्षिक १२ अर्ब ३३ करोड नाफा आर्जन गरी ३६ अर्व ६७ करोड सञ्चित नाफा गरेको बताएका छन् ।

यस्तै, उनले राष्‍ट्रिय ग्रीडको पहुँचबाट ९५ प्रतिशत र साना तथा लघु जलविद्युत आयोजना एवम् सौर्य विद्युतबाट ३ प्रतिशत गरी ९८ प्रतिशत जनताले विद्युत सेवा प्राप्‍त गरिरहेको बताए । साथै उनले आगामि २ वर्ष भित्र सबै जनताकहाँ बिजुलीको पहुँच पुग्ने बताए ।

यस्तै, प्राधिकरणले कर्मचारीहरूको सेवासुविधा पनि वृद्धि गरेको छ । प्राधिकरणले हरेक वर्ष कर्मचारीलाई दिँदै आइएको वार्षिक उत्सव भत्ता १५ हजारलाई निरन्तर दिएको छ भने महिला कर्मचारीलाई दिएको प्रशुति भत्ता बढाएर १५ हजार पुर्याएको छ ।

त्यस्तै विद्युतीय सवारी साधन खरिदमा रु तीन लाखबाट ५ लाख रुपैयाँ पुर्याइएको छ भने शैक्षिक अनुदान ३० हजार पुर्याइएको छ । यस्तै कर्मचारीलाई दिँदै आएको दैविक प्रकोप अनुदान रु २० हजारबाट ४० हजार बनाईएको छ।

यस्तो छ घिसिङले पेश गरेको प्रतिवेदनको पूर्णपाठ:

कार्यकारी-निर्देशकको-वार्षिक-प्रतिवेदन-2080