२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

खिमलाल भट्टराई र रामकुमारी झाँक्रीबीच भेटवार्ता



अ+ अ-

काठमाडौं । नेकपा एमालेका नेता खिमलाल भट्टराई र नेकपा (एकीकृत समाजवादी)का सचिव रामकुमारी झाँक्रीबीच भेटवार्ता भएको छ । बिहिबार भट्टराई र झाँक्रीबीच भेटवार्ता भएको हो ।

नेकपा एसकी सचिव झाँक्रीसँगको भेटबारे जानकारी गराउँदै नेता भट्टराईले फेसबुकमा लेखेका छन् – , ‘विद्यार्थी आन्दोलनको एउटा विशेषता छ, जो जहाँ भए पनि भेटेपछि अपनत्व र हार्दिकताको अनुभूति हुन्छ । ’

एमाले विभाजनको बेलामा माधव नेपाललाई बलियो साथ दिएकी झाँक्री पछिल्लो समय भने पार्टीमा सक्रिय छैनन् । उनी एमाले फर्किन लागेको चर्चाबीच दुई नेताको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।