१७ बैशाख २०८२, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

फिर्के खोलाको दायाँबायाँ गाडियो पाँच सय पिल्लर



फिर्के खोला
अ+ अ-

कास्की । कास्कीको पोखरास्थित बजारका मध्यभाग भएर बग्ने फिर्के खोलाको सिमाङ्कन अन्तिमचरणमा पुगेको छ ।

पोखरा महानगरपालिकाले खोलाको प्राकृतिक बहाव पत्ता लगाउने उद्देश्यले गत साउन ३ गतेदेखि सिमाङ्कन गर्न सुरु गरेको थियो । वडानं १७ बैदामस्थित गाईघाटबाट सुरु गरिएको सिमाङ्का वडानं १८ बेँसीटोल पुगेको छ ।

यस कार्यको नेतृत्व गरिरहनुभएका महानगरपालिकाका सर्वेक्षक वासुदेव पौडेलका अनुसार हालसम्म सिमाङ्कन भएको क्षेत्रमा पाँच सय बढी पिल्लर तथा चिन्ह् खोलाको दायाँबायाँ गाडिएका छन् । उहाँले भन्नुभयो,“फिर्के खोलाको सिमाङ्कनको काम अब धेरै बाँकी छैन । हामी छिट्टै यसलाई सम्पन्न गर्दछौँ । ” सर्वेक्षक पौडेलका अनुसार अब पाँच सय मिटर क्षेत्रमा मात्र काम बाँकी रहेको छ ।

पहिलो चरणमा खोलाको भाग यकिन गरिसकेपछि दिगो पर्यटन विकास परियोजनाअन्तरगत फिर्के खोलाको संरक्षण, सम्बद्र्धन र सुन्दरताकोे कार्यक्रम सुरु गरिने महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो । उहाँका अनुसार यसलाई फिर्के कोरिडोरको रूपमा विकास गरिने र दुवैतर्फ साइकल लेनसहितको पूर्वाधार निर्माण गरिनेछ ।

महानगर प्रमुख आचार्यले भन्नुभयो, “सिमाङ्कन प्रतिवेदन प्राप्त भएपछि कार्यपालिकाले खोलाको मापदण्ड तोक्छ । त्यसपछि मापदण्ड विपरीत बनेका संरचना हटाउँछौँ र आवश्यक पूर्वाधार निर्माण गछौँ ।”पोखराको मध्यभाग भएर बग्ने फिर्केमा मानवीय अतिक्रमण बढेको छ । खोलाको मापदण्डभित्र व्यक्तिगत तथा सार्वजनिक भवन बनाइएका छन् ।

बर्खायाममा खोलामा पानीको बहाव बढ्दा मापदण्ड विपरितका संरचनाका कारण कटान र डुबानको समस्या आउने गरेको छ । महानगरका अनुसार फिर्केमा अतिक्रमित संरचना हटाइसकेपछि पर्यटन विकास परियोजना लागू हुनेछ । सिमाङ्कन टोलीमा इञ्जीनीयर, सर्वेक्षक र अमिनसहित ४० जना परिचालित छन् । पोखरा–१८ स्थित सराङकोटको फेदी अँधेरीकुनाबाट सुरु भएर प्रस्याङ, मालेपाटन, बुलौँदी हुँदै फिर्केखोला फेवातालमा गएर मिसिन्छ । रासस