एजेन्सी । ब्राजिलियन स्टार खेलाडी नेयमार साउदी अरब पुगेसँगै एकाएक फेरि फुटबल बजार तातेको छ ।
साउदी प्रो लिग खेल्नका लागि उनी पेरिस सेन्ट जर्मेन (पिएसजी)बाट साउदी पुगेका हुन् । नेयमारले साउदीको क्लब अल–हिलालसँग २ वर्षको सम्झौता गरेका छन् ।
सम्झौता अनुसार उनले वार्षिक ३०० मिलियन डलर प्राप्त गर्दा एडअन र कमर्सियल डिलमार्फत ४०० मिलियन पुग्ने घोषणा गरिएको छ ।
अल हिलालबाट नेयमारले १० नम्बरको जर्सी लगाउनेछन् । उनी सन् २०१७ मा विश्व कीर्तिमानी मूल्य २ सय २२ मिलियन युरोमा बार्सिलोनाबाट पिएसजीमा आएका थिए ।
यसैबीच यहाँ १० ब्राजिलका महँगा फुटबलरबारे जानकारी लिऔं ।
खेलाडी अनुबन्धित सिजन क्लब रकम
१. नेयमार २०१७/१८ बार्सिलोनाबाट पिएसजी २२२ मिलियन युरो
२. कोउटिन्हो २०१७/१८ लिभरपुलबाट बार्सिलोना १३५ मिलियन युरो
३. एन्टोनी २०२२/२३ आयाक्सबाट म्यान्चेस्टर युनाइटेड ९५ मिलियन युरो
४. नेयमार २०१३/१४ सान्तोसबाट बार्सिलोना ८८ मिलियन युरो
५. अर्थर २०२०/२१ बार्सिलोनाबाट युभेन्ट्स ८०.६ मिलियन युरो
६. नेयमार २०२३/२४ पिएसजीबाट अल हिलाल ८० मिलियन युरो
७. कासेमिरो २०२२/२३ रियल मड्रिडबाट म्यान्चेस्टर युनानइटेड ७०.७ मिलियन युरो
८. काका २००९/१० एसी मिलानबाट रियल मड्रिड ६७ मिलियन युरो
९. एलिसन बेकर २०१८/१९ एएस रोमाबाट लिभरपुल ६२.५ मिलियन युरो
१०. माल्कम २०२३/२४ जेनित सेन्ट पिटसवर्गबाट अल हिलाल ६० मिलियन युरो