
काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले भारतको औपचारिक भ्रमण गर्नु हुनेभएको छ । भदौ ७ गतेदेखि ११ गतेसम्म उहाँले भारतको भ्रमण गर्ने हुनुभएको हो ।
यही बेला चिनियाँ जनमुक्ति सेनाको एक टोली आज बुधबार काठमाडौँ आउँदै छ । बुधबार चिनियाँ जनमुक्ति सेनाको तिब्बत मिलिटरी कमान्डका मेजर जनरल युई एन दे नेतृत्वको सैनिक टोली नेपाल आउन लागेको बताइएको छ ।
उनी दुई मुलुकबीचको बोर्डर डेलिगेसनको नेतृत्व गर्दै नेपाल आउन लागेका हुन् । आजै उनले प्रधानसेनापति शर्मासँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । उक्त टोली भदौ ३ मा स्वदेश फर्कने कार्यक्रम रहेको छ ।