
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा करिब २० मिनेटअघि छिर्नुभएका अध्यक्ष ओली अहिलेसम्म बाहिरिनुभएको छैन ।
उहाँहरुबीच अवरुद्ध संसद् सुचारु गराउनेलगायत समसामयिक विषयमा कुराकानी भएको बताइएको छ ।