
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता भीम रावलबीच भेटवार्ता भएको छ । ओली र रावलबीच एमाले मुख्यालय च्यासलमा मंगलबार दिउँसो भेटवार्ता भएको हो ।
दुई शीर्ष नेताबीच पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको बताइएको छ ।
पछिल्लो समयमा पार्टी काममा त्यति सक्रिय नदेखिएका रावलले ओलीसँग गरेको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।