१८ बैशाख २०८२, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

धोनीले सन्यास लिएको तीन वर्ष पूरा



अ+ अ-

एजेन्सी । भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनीले सन्यास लिएको आज तीन वर्ष पूरा भएको छ । धोनीले १५ अगस्ट २०२० मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए ।

विकेटकिपर–ब्याट्सम्यानले इन्स्टाग्राममा एक भिडियो साझा गर्दै पोस्टको क्याप्शनमा लेखेका छन् – ‘तपाईं सबैको माया र समर्थनको लागि धेरै धेरै धन्यवाद ।’

धोनी २००७ मा आईसीसी पुरुष टी–२० विश्वकप, २०११ मा आईसीसी पुरुष क्रिकेट विश्वकप र २०१३ मा आईसीसी च्याम्पियन्स ट्रफी जित्ने भारतीय टोलीका कप्तान थिए ।

धोनीले पछिल्लो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा एकदिवसीय विश्वकप २०१९ को सेमिफाइनल खेलेका थिए । म्यानचेस्टरमा ९ जुलाई २०१९ मा न्यूजिल्याण् विरुद्ध खेलिएको सेमिफाइनलमा धोनीले ७२ बलमा ५० रन बनाएका थिए ।

तल्लो ब्याटिङ अर्डरका ब्याट्सम्यान धोनीले २ सय ४० रनको लक्ष्य पछ्याउँदै थिए । मार्टिन गप्टिलको थ्रोमा उनी २ इन्चले क्रिज गुमाएका थिए । भारतले यसै २ इन्चले विश्वकप गुमाएको अनुमान गरिएको थियो ।

धोनीले आफ्नो पहिलो खेल २३ डिसेम्बर २००४ मा बंगलादेशविरुद्ध चटगाउँमा खेलेका थिए । गांगुली त्यतिबेला कप्तान थिए । गांगुलीले आफ्नो स्थानमा धोनीलाई नम्बर ३ मा ब्याटिङका ​​लागि पठाए ।

धोनी डेब्यु खेलमै रनआउट भएका थिए । यो सिरिजमा धोनी फ्लप भए । उनले तीन ओडीआईमा १९ रन मात्र बनाए तर पाकिस्तानविरुद्धको अर्को शृङ्खलामा १२३ बलमा १४८ रनको अविस्मरणीय इनिङ खेलेपछि उनी टोलीको सबैभन्दा भरपर्दो खेलाडी बने ।

धोनी जुलाई ७ मा ३९ वर्षका भए । उनको जन्म रांची, झारखण्ड (तत्कालीन बिहार) मा भएको थियो। धोनीले अहिलेसम्म सबैभन्दा बढी २०० ओडीआईमा भारतको कप्तानी गरेका छन् । जसमा भारत ११० खेलमा विजयी भएको थियो । उनी एकदिवसीयमा सबैभन्दा धेरै कप्तानी गर्ने विश्वका तेस्रो कप्तान हुन् ।

धोनीले अहिलेसम्म ९० टेस्ट, ३५० एकदिवसीय र ९८ टी–२० खेलिसकेका छन् । जसमा उनले ४८७६, १०७७३ र १६१७ रन बनाएका छन् ।