
एजेन्सी । भारतको हिमाचल प्रदेशको राजधानी शिमलामा सोमबार बिहान एउटा ठूलो दुर्घटना भएको छ । अविरल वर्षाका कारण यहाँको समरहिल क्षेत्रमा रहेको शिवबावडी मन्दिर पहिरोमा परेको छ ।
यहाँ उपस्थित २५ जनाभन्दा बढी भग्नावशेषमुनि पुरिएका छन् । हालसम्म २ बालबालिकासहित ५ जनाको शव निकालिएको छ । बाँकीको खोजी भइरहेको छ ।
मृतकको संख्या बढ्नसक्ने बताइएको छ ।