
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै छ ।
पार्टीका सांसद डा. सुनिल शर्मा पक्राउ प्रकरणबारे छलफल गर्न कांग्रेसले दलको बैठक बस्न लागेको हो ।
बैठकले शर्माको पक्राउबारे आधिकारिक धारणा बनाउने बताईएको छ ।
बिहिबार सिआईबीले नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा डा। शर्मालाई पक्राउ गरेको थियो । काठमाडौं जिल्ला अदालतको आदेशसँगै उनलाई पक्राउ गरेको दुई दिनमै थुनामुक्त गरिएको थियो ।