८ मंसिर २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

एमालेद्वारा कात्तिकसम्म सबै कमिटीलाई लेखा परीक्षण गराउन निर्देशन



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)ले पार्टीका सबै कमिटीलाई अनिवार्य लेखा परीक्षण गराउन निर्देशन दिएको छ ।

पार्टीको केन्द्रीय लेखा आयोगले पार्टी मातहतका सबै कमिटीलाई आर्थिक वर्ष २०७९र८० सम्मको लेखा परीक्षण आयोगमार्फत आगामी कात्तिक मसान्तसम्ममा अनिवार्यरूपमा गराउन निर्देशन दिएको आयोगका अध्यक्ष डा पुष्प कँडेलले जानकारी दिए ।

उनका अनुसार पार्टी कमिटीले आर्थिक हिसाबको लेखा व्यवस्थित गराई वित्तीय विवरण तयार गरी कमिटीबाट पारित र आयोगमार्फत अनिवार्यरूपमा लेखापरीक्षण गराउन निर्देशन दिइएको छ ।

प्रदेश तहका कमिटीको लेखापरीक्षण सम्पन्न गरी प्रदेश अधिवेशनमा आयोगको तर्फबाट प्रतिवेदन पेश गर्न र जनसङ्गठनले अनिवार्यरूपमा लेखा आयोगले निर्धारण गरेको ढाँचामा लेखा राख्न भनिएको छ ।

आयोगले पार्टी स्कुल विभागसँग आवश्यक समन्वय गरी प्रदेश तहमा लेखा व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गर्ने, पार्टीको स्थिर सम्पत्तिको अभिलेख तयार गर्ने, यसै आवदेखि लेखा व्यवस्थापनका सन्दर्भमा पार्टी कमिटीको मूल्याङ्कन गर्ने निर्देशन दिएको छ । पार्टीले उत्कृष्ट आर्थिक कारोवार र लेखा व्यवस्थापन गर्ने जिल्ला÷प्रदेश घोषणा गर्ने आयोगका अध्यक्ष डा कडेलले जानकारी दिए ।