२१ फाल्गुन २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नेप्से परिसूचकमा ४१ दशमलव ०६ अङ्कको वृद्धि



अ+ अ-

काठमाडौँ । यो साता कारोबारको लगातार तीन दिनसम्म ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचकमा आज चौथो दिन भने उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ४१ दशमलव ०६ अङ्कले बढेर दुई हजार ६० दशमलव ९१ बिन्दुमा कायम भएको हो ।

आज दुई सय ६५ कम्पनीको ५० लाख १० हजार सात सय १८ कित्ता शेयर ७७ हजार पाँच सय एक पटक खरिदबिक्री हुँदा रू एक अर्ब ८८ करोड ८३ लाख २६ हजार चार सय ६९ बराबरको कारोबार भएको छ ।

म्युचुअल फन्ड शून्य दशमलव ०६ अङ्कले घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै जीवन बीमा समूह तीन सय ४६ दशमलव ७४ र निर्जीवन बीमा समूह तीन सय १० दशमलव ५२ अङ्कले बढेको छ ।

आज बैंकिङ समूह १२ दशमलव १९, विकास बैंक ९४ दशमलव ८५, वित्त ५८ दशमलव ६४, होटल तथा पर्यटन एक सय ८८ दशमलव ५०, जलविद्युत् ६२ दशमलव ४१ र लगानी समूह एक दशमलव २२ अङ्कले बढेको छ । त्यसैगरी उत्पादन तथा प्रशोधन समूह ८५ दशमलव ८७, लघुवित्त ५२ दशमलव २३, व्यापार एक सय दशमलव ७६ र अन्य समूह ४४ दशमलव २७ अङ्कले बढेको छ ।

हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ८३ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा सेन्चुरी डिभेन्चर–२०८८ को शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै आइएमई लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको रू १५ करोड ५० लाख २६ हजार दुई सय दुई बराबरको दुई लाख ६६ हजार आठ सय १८ कित्ता शेयर किनबेच भएको छ । रासस