१७ बैशाख २०८२, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

माओवादी संसदीय दल बैठक: संसदको अवरोध हटाउन दलहरूसँग छलफल गर्ने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीका सांसदहरुलाई संसदमा प्रभावकारी भूमिका निभाउन निर्देशन दिएका छन् ।

सोमबार बसेको माओवादी संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले अध्यक्ष प्रचण्डले यस्तो निर्देशन दिएको जानकारी गराएका हुन् ।

प्रचण्डको भनाइ उदृत गर्दै पाण्डेले भने, ‘दलका नेता समेत रहनुभएका प्रधानमन्त्रीले संघीय संसदमा सांसदहरुको भूमिका थप प्रभावकारी बनाउन निर्देशन दिनुभयो । साथै संसदीय समितिका सभापति चयनका बारेमा समेत बिफिङ गर्नुभयो ।’

बैठकमा सत्ता र प्रतिपक्षी सबै दलहरूसँग संसदको अवरोध हटाउन छलफल गर्ने निर्णय गरेको पाण्डेले बताए । उनले भने,’संसद खुलाउन प्रमुख प्रतिपक्ष दलका नेतासहित अन्य दलका नेतासँग छलफल गरेर ठोस निष्कर्ष निकालिन्छ र संसद अवरोध हट्छ भन्ने हामीलाई विश्वास छ । ’

बैठकमा उपाध्यक्ष समेत रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले तीनवटा विधेयक (संघीय शिक्षा ऐन, निजामति कर्मचारी र प्रहरी सम्बन्धि विधेयक) दर्ता गर्ने तयारीमा रहेको जानकारी गराएका छन् ।