
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गर्नुभएको छ ।
भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री प्रचण्डलाई शनिबार साँझ फोन गर्नुभएको भारतीय प्रधानमन्त्री मोदीको सचिवालयले सामाजिक संञ्जाल मार्फत सार्बजनिक गरेको छ । दुई प्रधानमन्त्रीहरूबीच द्धिपक्षीय हितमा कुराकानी भएको पनि सचिवालयले जनाएको छ।
फोनमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा भएका समझदारी र सम्झौताका बारेमा कुराकानी भएको बताइएको छ।