१० मंसिर २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

बौद्ध भिक्षुहरूका लागि तीन महिने वर्षावास सुरु-फोटो फिचर



अ+ अ-

लुम्बिनी । बौद्ध भिक्षुहरूका लागि तीन महिने वर्षावास बुधबारदेखि सुरु भएको छ । लुम्बिनी, कपिलवस्तु र रामग्रामका विभिन्न विहार र गुम्बामा २२ विदेशी भिक्षुसहित ३७ भिक्षु र श्रामणेर वर्षावास बसेका छन् ।

बौद्ध धर्मको मेरुदण्ड मानिने विनय कर्म पालना गर्नाले नजानेर भएगरेका त्रुटि तथा कमजोरीको क्षमा पाइने जनविश्वास छ । वर्षावासका बेला साँझ–बिहान ध्यान बसेर परित्रान पाठ गरिन्छ । अब तीन महिना एकै ठाउँमा बसेर बौद्ध भिक्षुहरूले ध्यान र अध्ययन गर्छन् यस अवधिमा उनीहरु कुनै पनि भ्रमणमा जाँदैनन् ।

भगवान् बुद्धले पनि आफ्नो जीवनकालमा वर्षा ऋतुको सुरुदेखि नै उच्च स्थानमा बसेर वर्षावास बिताउनुभएको थियो । यो बौद्ध परम्परा हो। र यो बौद्ध भिक्षुहरूले आफ्नो जीवनकालमा यसको पालना गर्दै आएका छन् । वर्षावास बस्ने भिक्षुहरू एकै ठाउँमा बसेर ध्यान पूजामा समय बिताउँछन्। उनीहरु कतै घुम्दैनन् । वर्षावासको उद्देश्य वर्षामा ठूलो संख्यामा साना जीवजन्तुहरू उत्पन्न हुन्छन्। यस्तो अवस्थामा उनीहरुको भ्रमणका क्रममा हिंसा हुन सक्छ । यस कारणले गर्दा, तीन महिनासम्म बौद्ध भिक्षुहरूले वर्षावास मनाउँछन् र यी तीन महिनाहरूमा बौद्ध धर्मको अध्ययन गर्छन्।

 

यस अवसरमा बुद्ध, धर्म र संघ गुन तथा धर्म देशना गर्दै पूजाआजा गरिन्छ । यस अवधिमा भिक्षुहरू बिहान एक छाक मात्रै खाना खाने गर्छन् । वर्षावास बस्ने भिक्षुले पुण्य सञ्चय गर्ने पनि जनविश्वास छ । अनुशासन र नियममा बसेर वर्षावास बस्ने गर्ने भिक्षुलाई वर्षावास सकिएको एक महिनाभित्र भिक्षु संघले उपलब्ध गराएको पहेँलो बस्त्र ९चिवर० पनि प्रदान गरिन्छ ।

असार पूर्णिमादेखि सुरु हुने वर्षावास यस वर्ष मलमासले एक महिना ढिलो साउन पूर्णिमादेखि कात्तिक पूर्णिमासम्म तीन महिना रहेको छ । यसबेला भिक्षु भिक्षुणीलाई आवश्यक चिवर (पहेँलो वस्त्र), खाने कुरा, ओढ्ने ओछ्याउने वस्त्र र औषधि खर्च उपासक उपासिकाले दान गर्ने प्रचलन छ ।

फोटो -थाई बिहारको फेसबुकबाट