१८ बैशाख २०८२, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

भारत रक्षामन्त्रीद्वारा कोरोना भाइरसविरूद्धको औषधि सार्वजनिक



अ+ अ-

एजेन्सी । भारतले कोरोना संक्रमण रोक्ने औषधी बनाएको दाबी गरेको छ। सोमबार भारतका रक्षामन्त्री राजनाथ सिंहले एक कार्यक्रममार्फत कोरोना भाइरसविरूद्ध ९० प्रतिशत लड्न सक्ने औषधिको सार्वजनिक गरेका हुन्।

कोरोनाविरूद्धको २- डिओक्सी-डि/गुल्कोज-२ (डिजी) नामक औषधी डिफेन्स रिसर्च एन्ड डेभेलपमेन्ट अर्गनाइजेसन (डिआरडिओ) र डा. रेड्डीज मल्टिनेसनल फर्मास्युटिकल कम्पनी (डिआरएल) ले बनाएको हो।

'डिआरडिओ एवं डिआरएलद्वारा तयार गरिएको औषधि कोभिडका लागि सिद्ध हुन्छ। यो हाम्रो देशको वैज्ञानिक दक्षताको ठूलो उदाहरण हो,' रक्षा मन्त्री सिंहले कार्यक्रममा भने, 'यो औषधीबारे म यही भन्न चाहन्छु कि यो आशाको नयाँ किरण हो।'

यो औषधी प्रयोग गरेमा कोरोना भाइरसका संक्रमित छिट्टै निको हुने गरेको उनले विश्वास छ। अरू उपचारको तुलनामा यो औषधी प्रयोग गर्ने संक्रमित साढे दुई दिन अघि नै निको हुने कुरा आफूलाई जानकारी गराइएको उनले बताए। 

'मलाई भनिएको छ कि यसको प्रयोग गरेका बिरामी सामान्य उपचार गरेकाभन्दा साढे दुई दिन अघि निको हुन्छन्। साथै, अक्सिजनको निर्भरता पनि लगभग ४० प्रतिशतले कम भएको छ,' रक्षामन्त्री सिंहले भने, 'यो पाउडर फर्ममा भएको हुँदा यसको एक किसिमको विशेषता छ।'