१७ फाल्गुन २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

ओली सरकारको भूलैभूलको रवैया



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई अहिलेको संसद् मन परेको छैन । उनले संसद् सदस्यको रुपमा न त शपथ लिएका छन् न त संसद्का बैठकमा उपस्थित हुँदा संसद्को सम्मान नै गर्ने गरेका छन् । गत वर्ष संसद्को सम्मान नै गर्ने गरेका छन् । गत वर्ष संसद्को प्रश्नोत्तर कार्यक्रम र संसदीय समितिले बोलाएको बेला उपस्थित नै नहुने गरेका थिए उनी ।

संसद्मा उपस्थित भएर बोल्दा संसद् र सांसदको अपमान गर्ने काम पनि धेरै गरेको उनीमाथि आरोप छ । कोरोना भाइरसको विषयमा पनि प्रधानमन्त्री ओलीले २०७७ जेठ २८ गते संसद्मा बोल्दै 'बेसारपानी खाए कोरोना लाग्दैन'भन्ने अभिव्यक्ति दिए । 

यो समाचार आजको नागरिक दैनिकमा छ । 

उनले नेपालीको ‘इम्युनिटी’ क्षमता बढी भएको बताउँदै नेपालीले कोरोनालाई जित्छन् समेत भने। ‘नेपालीमा प्रतिरोधात्मक क्षमता धेरै राम्रो छ, अरू देशको तुलनामा मृत्यु हुनेको संख्या पनि कम हुनेछ, मृत्यु नहोस् भन्ने कुरामा ध्यान दिएका छौं, उपचारको प्रबन्ध पनि राम्रो छ,’ उनले भनेका थिए। प्रतिपक्षी दल कांग्रेसका सांसद गगन थापाले प्रतिरोधात्मक क्षमता बलियो छ भनेर कसले भन्यो भन्दै प्रश्न गर्दा त्यसको जबाफमा प्रधानमन्त्री ओलीले भने, ‘भर्खरै सुन्नुभो नि, मैले भनेको।’  

ओलीले नेपाली खानामा बेसार, नुन, जिरा, अदुवालगायत औषधिजन्य समेटिने भएकाले रोग प्रतिरोधात्मक क्षमता बढी रहेको दाबी गरेका थिए। प्रधानमन्त्री जस्तो व्यक्तिले गतवर्षको कोरोनाबाट मृत्यु भएका व्यक्तिलाई अरू रोगले मरेका हुन् भन्ने अभिव्यक्ति दिँदै विश्व स्वाथ्य संगठनको मापदण्डअनुसार मरेको भन्नुपरेको समेत बताए। ‘१५ जनाको निधन भएको छ, त्यो कोरोनाकै कारणले मात्र होइन, कतिपय अरू कारणले अत्यन्तै सिकिस्त भएका व्यक्तिमा कोरोना सरेको अथवा बाँच्ने स्थिति नरहेका व्यक्तिमा कोरोना सरेको हो, पहिले उपचाररत रहँदा कोरोना फेला नपरेको र निधनपछि कोरोना संक्रमित फेला परेको खालको स्थिति हो’ भनेर उनले संसद्मा भनेका थिए। 

यस्तो कुरा गर्ने प्रधानमन्त्री ओलीले केही दिनअघि भने आफूले विगतमा भनेको कुरालाई सत्य नभएको स्वीकार गर्नुप¥यो। शनिबार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले भने, ‘मैले के ठानेको थिएँ भने हाम्रो ‘इम्युन सिस्टम’ धेरै ‘स्ट्रङ’ छ। त्यसकारण अलिअलि सर्ला, यो तहमा वृद्धि हुन सक्दैन। तर यो तहमा वृद्धि भयो। सामान्य ‘इम्युन सिस्टम’ ले पनि यसलाई ‘रेसिस्ट’ गर्न सक्दो रहेनछ।’  

प्रधानमन्त्रीले यसो भनिरहँदा कतिपयले सामाजिक सञ्जालमा गलत प्रचार गरेकाले कोरोनाबाट मृत्यु हुनेको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने समेत बताएका छन्।