११ फाल्गुन २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

कांग्रेसका केन्द्रीय सदस्यहरु राष्ट्रव्यापी अभियानका जिल्लामा खटिए



कांग्रेस केन्द्रीय समिति बैठक । फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रव्यापी अभियानका लागि केन्द्रीय सदस्यहरूलाई जिल्ला–जिल्लामा खटाएको छ। यही साउन १० को केन्द्रीय समिति बैठकले पार्टीको सांगठानिक सुदृढीकरणका लागि केन्द्रीय सदस्यलाई जिल्ला तोकेर खटाउने निर्णय गरेको थियो ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय सदस्यहरूलाई जिल्ला खटाउन सुरू गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेश भित्रका जिल्लामा खटिने केन्द्रीय सदस्यलाई पत्र दिने कार्य भइरहेको छ भने मंगलबार बेलुकीसम्म सबै जिल्लामा खटिने केन्द्रीय सदस्यलाई पत्र दिइसकिने छ।

कांग्रेसले ७७ जिल्लामै केन्द्रीय सदस्य खटाउने भएपछि केन्द्रीय कार्यालयबाट पत्र लिएर केन्द्रीय सदस्यहरू जिल्ला जान थालेका छन्। संगठन सुदृढीकरणका लागि साउन २० गतेदेखि ३० गतेसम्म आन्तरिक रूपमा जिल्ला–जिल्लामा केन्द्रीय सदस्यहरूले छलफल गर्नेछन्।

त्यसपछि भदौ १० देखि २४ गतेसम्म कांग्रेसले संगठन सुदृढीकरणका लागि समुदायमा कांग्रेसले राष्ट्रव्यापी अभियान सञ्चालन गर्ने तयारी गरेको छ।