१९ बैशाख २०८२, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

कोशीमा राप्रपा तटस्थ बस्ने अध्यक्ष लिङ्देनको भनाइ



अ+ अ-

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेश सरकार गठन प्रक्रियामा राप्रपा तठस्थ बस्ने बताउनुभएको छ । मंगलबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले आफूले बारम्बार नेपाली कांग्रेस र नेकपा (एमाले) लाई मिलेर सरकार बनाउन अग्रह गरिरहेको बताउनुभयो ।

उहाँले राप्रपा तत्काल सरकारमा समावेश नहुने स्पष्ट पार्दै भन्नुभयो, “हामी अहिले तथस्ट बस्छौँ।” अध्यक्ष लिङ्देनले कोशी प्रदेशमा संविधानअनुसार अझै सरकार गठनका थुप्रै धाराहरू प्रयोग गर्न बाँकी रहेका कारण राप्रपा निर्णायक हुने अवस्था आएमा मात्रै पार्टीमा छलफल गरेर आवश्यक निर्णय लिइने बताउनुभयो ।

उहाँका अनुसार संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनको तयारी भइरहेको र अझै धरा १६८को उपधारा ३ र ५ को अभ्यास हुन बाँकी नै छ। “सरकार निर्माणको अन्तिम विकल्प धारा १६८ को उपधारा ५ मा पुगेपछि मात्रै राप्रपाले कसलाई सघाउने कसरी सत्तामा साझेदारी गर्ने भन्ने निर्णय गर्छ”, उहाँले भन्नुभयो, “अहिले हामी तथस्ट बस्छौँ।”

कोशी प्रदेशमा कांग्रेसका संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा सरकार गठन गर्ने सत्तारुढ दलहरूले तयारी गरिरहेका छन्। थापाले सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर बहुमत जुटाउने तयारी गर्नुभएको छ । ९३ सदस्य रहेको कोशी प्रदेशमा सत्तारुढ गठबन्धनमा सभामुखसहित ४७ मत रहेको छ। कांग्रेसका २९, माओवादीका सभामुखसहित १३, जसपाका १ र नेकपा (एकीकृत समाजवादी) का ४ जना सांसद छन्। एमाले नेतृत्वको गठबन्धनमा एमालेका ४० र राप्रपाका ६ गरी ४६ जना सांसद छन्।