२० फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

श्रम गन्तव्य मुलुक जान प्रभावमा नपर्नुस: श्रम मन्त्रालय



अ+ अ-

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले युरोपियन श्रम गन्तव्य मुलुकमा जान असम्बन्धित व्यक्ति वा संस्थाको अनुचित प्रभावमा नपर्न सुझाव दिएको छ ।

मन्त्रालयले आज प्रेस विज्ञप्तीमार्फत आकर्षक सेवा, सुविधाको प्रलोभन देखाई माल्टा, रोमानिया, पोल्याण्ड, पोर्चुगललगायतका युरोपियन श्रम गन्तव्य मुलुकमा रोजगारी दिने बहानामा लाखौँ रुपैयाँ ठगी गरेको सम्बन्धमा सुक्ष्म अनुसन्धान गरिरहेको जानकारी दिँदै असम्बन्धित व्यक्ति वा संस्थाको अनुचित प्रभावमा नपर्न सुझाव दिएको हो ।

“असम्बन्धित व्यक्ति वा संस्थाको अनुचित प्रभावमा नपर्न मन्त्रालयको अनुरोध छ”, विज्ञप्तीमा उल्लेखछ, “दर्ता भएका इजाजत प्राप्त संस्थामार्फत वा उच्च दक्ष कामदारले व्यक्तिगतरुपमा वैदेशिक रोजगारीमा जाँदा अन्य कोही अनाधिकृत व्यक्ति वा संस्था एवं सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशन तथा प्रसारण गरेको सूचनाको आधारमा नभई कामदार स्वयंले वैदेशिक रोजगार विभाग वा सम्बन्धित सङ्घ तथा रोजगारदातासँग सिधा सम्पर्क र समन्वय गरेर मात्र वैदेशिक रोजगारीमा जानुहुन अनुरोध छ ।”

जारी विज्ञप्तीमा सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा ‘वैदेशिक रोजगारीमा ठगी’ विषयमा प्रकाशित तथा प्रशारित समाचारप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

मन्त्रालयका सहायक प्रवक्ता डम्बरबहादुर सुनुवारले अनधिकृतरुपमा वैदेशिक रोजगारीको आवरणमा हुने सबै प्रकारका ठगीलाई निरुत्साहित गर्न सहयोग तथा सहकार्यका लागि अनुरोध गर्नुभएको छ ।

वैदेशिक रोजगारीमा जानका लागि नेपाल सरकारले खुला गरेको मुलुकमा तीन प्रकारको कानूनी प्रकृयाबाट श्रम स्वीकृति प्रदान गरिन्छ । नेपाल सरकार र सम्बन्धित देशको सरकारबीच श्रम सम्झौता गरी, वैदेशिक रोजगार विभागमा दर्ता भई अद्यावधिक भएका वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न अनुमती प्राप्त इजाजतप्राप्त संस्था र तेस्रो व्यक्तिगतरुपमा श्रम स्वीकृति प्रदान गरिने प्रावधान रहेको छ ।

इजाजत प्राप्त संस्थामार्फत वैदेशिक रोजगारीमा जाँदा आफू जान चाहेको मुलुक, कामको विवरण, तलब सेवा  सुविधा, आवश्यक सीप तालिम, रोजगारदाताले तोकेको सेवा शुल्क वा फ्रि भिषा फ्रि टिकटको बारेमा सम्बन्धित इजाजतप्राप्त संस्थामा स्वयं आफैँ उपस्थित भई वा वैदेशिक रोजगार विभागमा सम्पर्क गरी यकिन गर्न मन्त्रालयले अनुरोध गरेको छ । रासस