
काठमाडौँ । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले काठमाडौँको लैनचौरस्थित लैनचौर ब्याङ्क्वेटमा मंगलबार चियापानको आयोजना गर्नुभएको छ ।
पार्टीको केन्द्रीय समितिको जारी बैठककै बीच उहाँले आयोजना गर्नुभएको चियापानमा पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, नेताहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजय गच्छदार, परराष्ट्रमन्त्री एनपी साउद, मीनेन्द्र रिजाल, विनोद चौधरीलगायतका शीर्षक नेता पनि सहभागी हुनुहुन्थ्यो ।