२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

राजनीतिक रुपान्तरणका लागि एग्जिट पोलिसी अनिवार्यः महामन्त्री शर्मा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिको रुपान्तरणका लागि एग्जिट पोलिसीको आवश्यकता रहेको बताउनुभएको छ ।

सोमवार बसेको केन्द्रिय समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिक दलहरुले एग्जिट पोलिसी बनाएको खण्डमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसदहरु भइरहने प्रवृत्तिको अन्त्य हुने बताउनु भयो । उहाँले राजनीतिमा उमेर नभइ एजेण्डा महत्वपूर्ण हुने भएपनि महत्वपूर्ण पदहरुमा भने एग्जिट पोलिसी राख्न जरुरी देखिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘रुपान्तरणको अभियान भनेर केही साथीहरुले नै कार्यक्रम गरेर हिँड्नुभयो, त्यहाँ कतिपय शब्द प्रयोग गर्दैगर्दा कमजोरी भएको छ भने ति साथीहरुले आत्मलोचना गरेर बस्नुपर्छ । तर त्यहाँ पनि केही महत्वपूर्ण विषयहरु संगठनका लागि गरौँ भनेर आएका छन् । त्यसलाई पनि काँग्रेसले ग्रहण गर्नुपर्छ । राजनीतिक रुपान्तरणको लागि एउटा के जरुरी देखियो भने एग्जिट पोलिसी जरुरी देखियो । त्यो एग्जिट पोलिसी भनेको त्यो सबैमा थियो भने धेरै वर्ष पहिला सभापतिले राजनीतिबाट राजीनामा दिनुहुन्थ्यो । केही वर्षअघि लहर चलेको थियो । ७० वर्ष नाघेकालाई राजनीतिबाट बिदा गर्ने भनेको थियो । एज नभइ राजनीतिमा एजेण्डा हुनुपर्छ भनेर मैले भन्दा म आलोचित भएँ । तर नेकपा एमालेले त्यसलाई ग्रहण ग¥यो, त्यसलाई लागू गरेको छ । हामीले एग्जिट पोलिसी राखेको भए शेरबहादुर दाईले जस्तो ५ पटक हुन्थे भन्ने सोच्दैन । त्यसैले एग्जिट पोलिसी आवश्यक छ ।’

महामन्त्री शर्माले विभिन्न नयाँ दलहरुले मिसन २०८४ सञ्चालन गरेपनि २०८४ मा २००७ सालको जस्तो क्रान्ती नभइ मात्र निर्वाचन हुने बताउनु भयो । उहाँले पार्टीको कुनै सदस्यले कालो मोसो दल्ने, शारीरिक आक्रमण गर्नेलाई पार्टीमा कुनै स्थान दिनु नहुने बताउनु भयो । महामन्त्री शर्माले कानून हातमा लिने कार्यकर्ताको तत्काल सदस्यता खारेज गर्न प्रश्ताव गर्नुभयो । उहाँले एक पटक हारिसकेका व्यक्तिलाई सो भन्दा ठूलो पदमा सोही समयमा राख्न नसक्ने गरी काँग्रेस अघि बढ्नुपर्ने बताउनु भयो ।