१७ बैशाख २०८२, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

सत्तापक्षकै सांसदले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गर्नुभएको छ ।

शुक्रवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उहाँले सुन तस्करीको बारेमा छानबिनमा सघाउन उहाँले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग गर्नुभएको हो ।

उहाँले मन्त्री द्वयले राजीनामा दिएर छानबिनमा सघाउनुपर्ने बताउनु भयो । अर्थमन्त्री र गृहमन्त्रीलाई जानकारी नहुनु र प्रधानमन्त्रीले समात्न लगाउने कुरा सरकारको काम कारबाहीसँग मिल्दोजुल्दो नभएको बताउनु भयो । उहाँले अर्थ मन्त्रालय मातहतको भन्सार विभाग र गृह मन्त्रालयको डिआईजीको नेतृत्वमा नेपाल प्रहरीहरु विमानस्थलमा रहँदा प्रधानमन्त्रीले सुन तस्कर समात्न लगाउने कुरा देख्दा प्रधानमन्त्री पुष्पकमल दाहाल धन्यवादको प्राप्त भएपनि नैतिकताका हिसावले गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने बताउनु भयो । अनियमितताको कुरामा पक्ष, विपक्षको पार्टीको कुरा नरहने भन्दै नागरिक, देश र जनताको विषयलाई हेर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेशनल स्क्याण्डरको रुपमा अहिले जुन हिजो सुन काण्ड आयो, कस्तो बेलामा आयो भने प्रधानमन्त्रीको धर्मपत्नीको काजकृया गरेर बसिरहेको बेलामा आयो । अर्थ मन्त्रालय मातहतको भन्सार विभाग त्यहाँ हुँदो रहेछ, गृह मन्त्रालयको डिआईजीको नेतृत्वमा पुलिसहरु बस्नुहुँदो रहेछ । अर्थमन्त्री र गृहमन्त्रीले क्विन्टल क्विन्टल सुन थाहा नपाइकन उहाँहरुको मातहतका निकायका मानिसले थाहा नपाउने र आएर प्रधानमन्त्रीको कार्यालयले इन्टरभेन गरेर सुन समातिएको देखिन्छ, अब प्रधानमन्त्रीलाई त धन्यवाद दिनुपर्‍यो ।’

‘उहाँ धन्यवादको पात्र हुनुहुन्छ, यो देशमा । तर नैतिकताका हिसावले देशमा यत्रो सुन क्वीन्टल क्वीन्टल सुन छिर्दा थाहा नपाउने अर्थमन्त्री र गृहमन्त्रीले नैतिकताका आधारमा अनुसन्धानको प्रक्रियालाई सहज बनाउन उहाँहरुले राजीनामा दिनुपर्छ की पर्दैन ? कुरा यो हो । यसमा पक्ष र विपक्षको कुरा रहँदैन यसमा । नागरिक देश र जनताको कुरा हुन्छ । यहाँ पार्टीको पनि कुरा हुँदैन । गठबन्धनको भित्रको मान्छे भन्ने हुँदैन, यहाँ देश लुट्न कुनैपनि पार्टीको कुनै नेतालाई छुट छैन, त्यसैले दुई जना मन्त्रीले बाटो खुला गरेर तत्काल अनुसन्धानको विषयलाई सहज बनाइदिनुपर्छ र प्रधानमन्त्रीले चालेको कदममा सहज हुनुपर्छ ।’

सांसद शर्माले दुवै जना मन्त्रीहरुले तत्काल राजीनामा दिइ अनुसन्धानलाई सहज बनाउनुपर्ने बताउनु भयो ।