
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली कम्बोडियाको राजधानी न्होम पेन्ह पुग्नुभएको छ । कम्बोडियामा हुन गइरहेको निर्वाचन पर्यवेक्षणका लागि सहभागी हुन उहाँ यही साउन ३ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।
अध्यक्ष ओलीको भ्रमणदलमा पत्नी राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल, नेता डा राजन भट्टराई र नेपाल परिवार दलका अध्यक्ष एवं एमाले सांसद एकनाथ ढकाल सहभागी हुनुहुन्छ ।कम्बोडियामा यही असार ७ गते आम चुनाव हुँदैछ ।
फोटो-केपी शर्मा ओलीको सचिवालय