२० फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

विशेष कोरियाली भाषा परीक्षाका लागि इपिएसले ग–यो आह्वान



कोरियामा रोजगारीका लागि कोरियाली भाषा परीक्षाका लागि लामबद्ध नेपाली युवा (फाइल तस्वीर)
अ+ अ-

काठमाडौं: दक्षिण कोरियाबाट काम गरी वैधानिक तवरले फर्किएका कामदारलाई पुन: कामदारका रुपमा छनौट गर्न रोजगार अनुमति प्रणाली (इपिएस) ले पुन: परीक्षा लिने भएको छ ।

इपिएसले आज एक सूचना प्रकाशन गरी दक्षिण कोरियाको मानव स्रोत विकास सेवाले सञ्चालन गर्ने यस्तो परीक्षामा सामेल हुन चाहने नेपालीलाई अनलाइन आवेदन मार्फत फारम भर्न अनुरोध गरेको छ ।  इपिएसका अनुसार, यही साउन १३ गतेदेखि १५ गतेसम्म फारम वितरण गर्ने, भदौ ८ गते परीक्षा तालिका घोषणा गरिने, भदौ १८ देखि २९ गतेसम्म परीक्षा हुने तथा असोज ३ गते नतिजा प्रकाशन हुनेछ ।

यो रोजगारी उत्पादनमुलक र कृषि तथा पशुपालनका लागि उपलब्ध हुने बताइएको छ ।

इपिएसले परीक्षा शुल्क अमेरिक डलर २८ लाग्ने जनाएको छ ।

आवेदकको योग्यता
क. नेपाली नागरिक
ख. ई.पी. एस. अन्तर्गत गणतन्त्र कोरियामा रोजगारी प्राप्त गरेका र सन् २०१० जनवरी १ पश्चात भिसा अवधि (Sojourn Period) भित्रै स्वैच्छिक रुपले नेपाल फर्केका कामदारहरु ।
ग. उमेर १८ बर्ष पूरा भई ३९ बर्ष ननाघेको अर्थात सम्वन्धित उम्मेदवार सन् १९८३ जुलाई ३० देखि सन् २००५ जुलाई २९ (२०४० श्रावण १४ देखि २०६२ श्रावण १४) बिच जन्मेको हुनु पर्ने छ ।
घ. फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको ।
ङ. गणतन्त्र कोरियामा गई गैर कानुनी रुपमा बसोबास नगरेको ।
च. नेपालबाट अन्य मुलुकमा जान रोक नलगाईएको ।
छ. Color blindness नभएका ब्यक्तिहरु ।
ज. कोरियामा E-9 र E-9-1 भिसामा पाँच बर्ष भन्दा बढी अबधि नबसेको ।
झ. HRDKorea बाट Special EPS-TOPIK परीक्षामा सहभागी हुनसक्ने भनी प्राप्त भएका नामावलीमा नाम भएकाले मात्र आवेदन फाराम भर्न पाउने ।