
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गरेका छन् ।
कम्बोडियामा हुनगइरहेको निर्वाचन पर्यवेक्षणका लागी ओली मंगलबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।
अध्यक्ष ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङलाई पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका छन् ।
अध्यक्षको भ्रमणदलमा ओलीपत्नी राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल र सचिवालयका अन्य सदस्य सहभागी रहेको ओलीको सचिवालयले जनाएको छ ।