३० चैत्र २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

तातोपानी कुण्डको आम्दानी रु एक करोड ३७ लाख



फाईल फोटो
अ+ अ-

म्याग्दी । प्राकृतिक उपचारस्थलको रुपमा परिचित म्याग्दीको सिङ्गा तातोपानी कुण्डमा एक वर्षको अवधिमा रु एक करोड ३७ लाख आम्दानी भएको छ । आर्थिक वर्ष २०७९/८० मा प्रवेश शुल्कलगायत विभिन्न शीर्षकमा सो आम्दानी भएको हो ।

म्याग्दी नदीको किनारमा प्राकृतिक रुपमा निस्कने ५० डिग्री सेल्सियस तातोपानी सङ्कलन गरिएको तलाउमा स्नान गरेर उपचार र अवलोकनका लागि तातोपानीमा आउने पाहुनाले तिर्ने प्रवेश शूल्क आम्दानीको मुख्य स्रोत हो । कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले भन्नुभयो– “बिरेनूनको गन्ध नआउने पानी सङ्कलन गरिएको पोखरीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, वाथ, चोटपटक लागेको लगायत निको हुने गरेको छ ।” गत आर्थिक वर्षमा १८ हजार २०८ जनाले स्नान गरेका थिए ।

बिरामीले स्नान गर्ने कुण्डमा प्रवेश शुल्कबापत रु ६२ लाख ९७ हजार र पाहुनाले स्नान गर्ने कुण्डबाट रु २५ लाख ८८ हजार आम्दानी भएको छ । चन्दाबापत रु चार लाख सोह् हजार, मन्दिरको भेटी रु पाँच लाख ३० हजार, आजीवन सदस्यताबाट रु तीन लाख आठ हजार तथा ब्याजबाट रु १७ हजार आम्दानी भएको छ ।

प्रवेश शुल्क र चन्दा सहयोग बापत उठ्ने रकममध्ये २५ प्रतिशत बेनी नगरपालिका र १३ प्रतिशत आन्तरिक राजस्व कार्यालयमा कर बुझाउने अध्यक्ष खड्काले बताउनुभयो । तातोपानी सङ्कलन गरिएको तलाउमा एक पटकमा तीन सय ५० देखि चार सय जनाले स्नान गर्न सक्ने क्षमता छ । सात दिन स्नानका लागि प्रतिव्यक्ति रु। तीन सय ५० शूल्क तोकिएको छ । बिरामी र छोटो अवधि स्नान गर्नेका लागि फरक फरक कुण्ड छन् ।

अध्यक्ष खड्काका अनुसार कुण्डको आम्दानीबाट तातोपानीको सरस्वती माविका ६ निजी शिक्षकको तलबका लागि रु १३ लाख ६४ हजार उपलब्ध गराइएको छ । कुण्डका कर्मचारीको तलबमा रु ११ लाख ३३ हजार, संरचना निर्माण र मर्मतमा रु दश लाख ८९ हजारसहित कूल रु एक करोड ३६ लाख १९ हजार खर्च भएको छ । आर्थिक वर्ष २०७८/७९ मा रु एक करोड १७ लाख २२ हजार, आव २०७७/७८ मा रु ७८ लाख एक हजार, आव २०७६/७७ मा रु एक करोड १३ लाख ४९ हजार, आव २०७५/७६ मा रु ९९ लाख ४२ हजार तथा आव २०७४/७५ मा रु ६५ करोड छ लाख आम्दानी भएको थियो ।

यस्तै आर्थिक वर्ष २०७४/७५ मा रु २६ लाख ५७ हजार, आव २०७५/७६ मा रु ९६ लाख १० हजार, आव २०७६/७७ मा रु एक करोड १४ लाख २३ हजार, आव २०७७/७८ मा रु एक करोड १४ लाख ५२ हजार तथा आव २०७८/७८ मा रु एक करोड ९० लाख ५६ हजार खर्च भएको छ । रासस