२२ फाल्गुन २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

‘इसेवा भर्चुअल फिस्टा’ शुरू, १० हजार विद्यार्थीले निशुल्क अनलाइनमार्फत भाग लिन पाउने



अ+ अ-

काठमाडौं । निषेधाज्ञाको अवधिमा विद्यार्थीहरूको समयलाई आकर्षक तथा उत्पादक बनाउने उद्देश्यका साथ ‘इसेवा भर्चुअल फिस्टा’ आयोजना गरिएको छ । भर्चुअल प्लेटफर्मको माध्यमबाट मुलुकभरका करीब दशहजार विद्यार्थीलाई एकै ठाउँमा ल्याउने उदेश्यका साथ यो कार्यक्रम आयोजना गरिएको हो । 

उक्त कार्यक्रममा कार्यशाला तथा  अन्तरक्रियाका शत्रहरू सञ्चालन गरि भर्चुअल फिस्टामा स्नातक तथा स्नातोत्तरसम्मका विद्यार्थी उपस्थित हुन सकिने जनाएको छ । साथै विद्यार्थीहरूलाई महामारीको त्रासबाट टाढा राख्नको लागि कार्यशाला र गतिविधिहरूमा संलग्न गराउने, गहिरो तथा अर्थपूर्ण छलफल गर्न प्रोत्साहित गर्न र व्यक्तिगत तथा व्यवसायिक जीवनको विभिन्न पक्षहरूमा सान्दर्भिक विचारहरू प्रस्तुत गर्न तथा सीप विकासका अवसर प्रदान गर्ने अपेक्षा राखिएको छ । 

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको मूख्य प्रायोजनामा फोनिक्स् कलेज अफ म्यानेजमेन्ट, युनिभर्सल कलेज र न्यू समिट कलेजले आयोजना गरेको यस अन्तरक्रिया कार्यक्रममा, वित्तीय साक्षरता, महामारीको समयका अग्रपंतिका नायकलाई सम्मान, शेयर बजार प्रशिक्षण, एक्सेल प्रशिक्षण, प्रस्तुति प्रतियोगिता, सार्वजनिक मन्तव्य, प्रत्यक्ष संगीत र आइडिया पिचिंग प्रतियोगिता जस्ता कार्यक्रम समावेश छन् । 

यही जेठ ७ गते शुक्रबार देखि शुरू भएको यस कार्यक्रम जेठ २१ गते शुक्रबार सम्म सञ्चालन हुने कार्यक्रममा एमएस टिम्स् तथा आयोजक कलेजको आधिकारिक फेसबुक पेज मार्फत प्रत्यक्ष प्रसारण हुने उल्लेख गरेको छ ।