२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

सिस्डोल र बञ्चरेडाँडाबासीको आन्दोलनले आज पनि काठमाडौंको फोहोर व्यवस्थापनमा अवरोध



फाईल फोटो
अ+ अ-

काठमाडौँ । आज पनि सिस्डोल र बन्चरेडाँडाका बासिन्दाले काठमाडौं उपत्यकाको फोहोर फ्याँक्न अवरोध गरेका छन् ।

सरकार र काठमाडौं महानगरसँग भएका सहमति एक वर्ष हुँदा पनि कार्यान्वयन नभएको भन्दै नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेँसी नगरपालिकाका स्थानीय बासिन्दाले सोमबार देखि फोहोर व्यवस्थापनमा रोक लगाएका हुन् ।

सोमबार ३० वटा फोहोर बोकेका गाडी ल्याण्डफिल साइट जाँदा बाटोबाटै फर्केको थियो। मंगलबार भने फोहोर बोकेको गाडी काठमाडौँबाट नै गएका छैनन् । महानगरका अनुसार काठमाडौँ उपत्यकाबाट दैनिक फोहोर बोकेको करिब ३८० वटा ट्रक बञ्चरेडाँडा जाने गरेका छन् ।

वातावरणीय प्रभाव मूल्याङ्कनको काम अन्तिम चरणमा पुगेको र सिसडोलको व्यवस्थापनका लागि काम भइरहेको काठमाडौं महानगरपालिकाका वातावरण विभागका निर्देशक रविनमान श्रेष्ठले जानकारी दिए । जग्गा अधिग्रहणको माग तत्काल पुरा गर्न नसक्ने बताउदै उनले भने, ‘बाटामा ५०–६० जना स्थानीय आज पनि सडकमा छन् । जग्गा अधिग्रहणको माग राखेर सडक अवरूद्ध गरिरहेका छन्। यसअघि भएका सम्झौताको १८ बुँदामध्ये अधिकांश पूरा भइसकेका छन्। अहिलेको मागचाहिँ हामी पूरा गर्न सक्दैनौं।’

स्थानीयले भने अहिलेसम्म फोहोर व्यवस्थापनको कुनै पनि काम नभएको बताएका छन्। उनीहरुले सहमतिका नाममा आफूहरुलाई सरकारले पटकपटक झुक्याइएको आरोप लगाएका छन् । धुनिबेँसीका मेयर बालकृष्ण आचार्य आफूहरूको मागको सुनुवाइ नभएकाले फोहोर अवरोध गरिएको बताए ।

ककनी गाउँपालिका–३ का वडाध्यक्ष घननाथ बजगाईंले अहिलेको माग फोहोर र मानिस सँगै नराखौं भन्ने मात्रै रहेको बताए।

फोहोरमैला व्यवस्थापन संघले बञ्चरेडाँडा र सिसडोलका स्थानीयवासीको अवरोध कारण बुधबारदेखि काठमाडौँको फोहोर नउठ्ने बताएको छ ।