
काठमाडौँ । नेपाली कांग्रेसले सूचना, संचार तथा प्रचार विभागमा ३ जना सदस्य थप गरेको छ ।
सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा प्रमुख रहेको विभागमा आइतबार ३ जना सदस्य थप गरेका हुन् ।
थपिएका सखस्यमा लमजुङका सन्तोष न्यौपाने, कञ्चनपुरका अशोक शर्मा र रौतहटका सुमन गौतम छन् ।
सभापति देउवाले गत जेठ १२ गते विश्वकर्मालाई प्रचार विभाग प्रमुख बनाएका थिए ।